धरान । बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोभिड १९ को उपचारका लागि अस्पताल बसेको १ हप्तापछि अस्पताल छोडि प्रधानमन्त्री निवास फर्केका छन् । बेलायतको साउथ लण्डन स्थित थमस अस्पतालमा उनको उपचार भइरहेको थियो , जहाँ उनले तीन रात आइसियुमा बिताएका थिए । डाउनिङ्ग स्ट्रिटका प्रबक्ताका अनुसार प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको छ र उनको स्वास्थ्यलाभका लागि उनको निवास चेकर्समा लगिएको छ ।
उनका चिकित्सक टोलीको सल्लाह अनुसार जोनसन तत्काल काममा नजाने बताइएको छ । जोनसनले थमस अस्पतालका सबैलाई आफनो स्वास्थ्यको उच्चतम हेरचाह गरेकामा धन्यवाद दिएका छन् । जोनसन आइसियुमा गएपछि विदेश सचिव डोमिनिक राबले डिपुटी प्र्रधानमन्त्री भएकामा जोनसनको अनुपस्थितिमा निरन्तरता दिने बताइएको छ । जोनसनलाई कोरोना भाइरसको लक्षण देखिएपछि गत आइतबार अस्पताल लगिएको थियो । उनलाई सोमबार आइसियुमा सारिएको थियो । सरकारी स्रोतले उनलाई भेन्टिलेटरमा भने राखिएको थिएन तर उनलाई अक्सिजन भने दिइएको थियो ।
विहीबार उनलाई अस्पतालको वार्डमा सारिएको थियो । उनी आत्मविश्वास दहे भएका ब्यक्ति हुन् भनेर डाउनिङ्ग स्ट्रिले भनेको छ । केही दिन उनी आराम गने र विस्तारै डाउनिङ्ग स्ट्रिट जाने कुरा बताइएको छ । उनका जीवन साथी क्यारी सिमण्डसले प्रधानमन्त्रीको चेकर्समा भएको फिर्तीले आफू असाध्यै खुशी भएको बताउँदै अस्पतालले आश्चर्यजनक रुपमा गरेको उपचारको सराहना गरिन् ।