उर्लाबारी । कोभिड–१९ का कारण अस्पतालहरुमा रगत अभाव भएका कारण नव बर्ष प्रवेशका दिन बैशाख १ गते एउटै समयमा उर्लाबारीका दुई स्थानमा रक्तदान हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उर्लाबारी र उर्लाबारी सहकारी सञ्जाल उर्लाबारीको संयुक्त आयोजनामा सामाजीक दुरी कायम गर्दै उर्लाबारीको न्यूरोड र मंगलबारेको मंगलबारे अस्पताल परिसरमा संयुक्त रुपमा रक्तदान आयोजना गर्ने सहमती भएको सञ्जालकी अध्यक्ष सिता कार्कीले बताएकी छन ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्त संचार सेवा केन्द्रले कोभिड–१९ का प्रभावले रक्तदान कार्यक्रममा कमी भएका कारण रगत अभाव हुदा“ अस्पतालमा भएका बिरामीहरुलाई सहज किसीमबाट रगत उपलब्ध गराउन रक्तदान कार्यक्रमको आयोजना गरीएको रेडक्रसका सभापति मदनबाबु प्रसाईले बताउदै“ निर्धारित समयमा रक्तदान गर्न आउने महानुभावहरुलाई आवत जावतमा समस्या उत्पन्न हुन नदिन उर्लाबारी नगरपालीका र प्रहरी कार्यालय सग“ समन्वय गरीएको बताएका छन ।