ब्लाष्टखबर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाद्वारा नेपाल सरकारलाई कोरोना बिरुद्दको लडाइका लागि सहकार्यका लागि काेराेना परीक्षण किट् तथा अन्य सुरक्षाका सामग्री सहयाेग गरेकाे छ । शनिबार एक कार्यक्रममा एनआरएन कोरीयाका प्रतिनिधिहरूबाट कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई सो सामाग्री हस्तान्तरण गरेका छन । 

उक्त सामग्रीका लागी एनआरएन कोरीयाको संयोजकत्वमा त्यहाँ रहेका बिभिन्न संघ संस्थाहरूमा सहयोग माग्नुका साथै कोरीयामा रहेका नेपालीहरूमा एक व्यक्ति एक किट्स अभियान संञ्चालन गरेको थियो । अभियानको पहिलो चरणमा ४ हजार परीक्षण किट्स, ५ सय हाइ सेन्सेटिभ कोभिड किट्स एच पिपिइ सेट संकलन भएको जनाउदै संघले उक्त सामग्री  कोरीयन एअरलाईनसको बिशेष चाटर बिमानबाट  नेपाल जाने गरी दुतावासलाइ जिम्मा लगाएकाे काेरियामा कार्यरत घनेन्द्र बरालले जानकारी दिए । 

साथै दोस्रो र अन्तिम चरणको सहयोग चिनबाट नेपाल जाने सामाग्री नेपाल सरकारबाट हुने चाटर विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाईने जानकारी गराएको छ।

92808690_1131859393834193_3641541751954472960_n