पाँचथर । कोरना भाइरस कोभिड १९ को संक्रमणको कारण देश लामो समयदेखि लकडाउनको अवस्थमा छ । यो बेला नागरिकको घर दैलोमा रहेको स्थानीय सरकारको महत्वपूर्ण भुमिका हुन्छ । लकडाउनको समयमा बिपन्न समुदायका श्रमिक नागरिकलाई पाँचथरको कुम्मायक गाउँपालिकाले चैत्र ३० गतेदेखि राहत बितरण गर्ने भएको छ ।

गाउँपालिमा बसेको सर्वदलिय र सर्वपक्ष भेलामा गाउँपालिकाले राहत बितरण गर्ने सूचि सार्वजनिक गरेको हो । गाउँपालिकाको ५ वटै वडाबाट ४ सय ४८ घरधुरीलाई राहत बितरण गर्न लागेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । वडामा रहेका असहाय अपाङ्ग, दैनिक ज्यालादारीमा जिबिकोपार्जन गर्ने बिपन्न बर्ग, असाय असक्तलाई राहत बितरण गर्न लागिएको हो ।

चेम्जोङका अनुसार वडा न. १ मा १५७ घरधुरी , वडा न. २ मा ८३, वडा न. ३ मा ६०, वडा न. ४ मा ६० र वडा न. ५ मा ८८ घरधुरी रहेका छन । बिपन्न श्रमिक बर्गमा पर्ने घरधुरीलाई एकद्धार प्रणालीबाट २५ केजि चामल, १ केजि चिनी, १ लिटर खाने तेल, १ केजि नुन, २ केजि दाल र ४ वटा साबुन राहत बितरण गरिने भएको छ । त्यस्तै गाउँपालिकाको एकद्धार प्रणाली मार्फत साहारा नेपाल शाखा यासोकले पनि २५ हजारको राहत बितरण गर्ने भएको छ ।

गाउँपालिकाले राहत बितरण कार्यक्रम क्रमश : चैत ३० गते वडा न. १ यासोक, बैशाख १ गते वडा न. २ माङजाबुङ र ५ को स्याबरुम्बा साथै बैशाख २ गते ३ र ४ वडा रानीगाउँमा बितरण हुने जनाएको छ । उक्त सर्वदलिय र सर्वपक्षिय बैठकमा गाउपालिका उपाध्यक्ष सिता आचार्य, प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराई, जिल्ला समन्वय समितिका सदस्य मनमाया लावती, उद्योग बाणिज्य संघ शाखा यासोक अध्यक्ष मेघराज निरौला, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।