धरान  / कोरोना भाइरसको महामारीबाट विश्वभरमा एक लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार शनिवा रविहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमण हुनेको संख्या १६ लाख ९९हजार े छ । ५ लाख ३ हजा। ८ सय पुगेको छ ।

भाइरसको कारण इटाली रअमेरिका बढिप्रभावित छन् । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । अमेरिकामा पनि अहिलेसम्म १८ हजार ७ सय ४७ जनाको ज्यान गएको छ । यस्तै स्पेनमा पनि मृत्यु दर बढेर गएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।

विश्वभर तीन लाख ७६ हजार संक्रमित निको भइसकेका छन् । सबैभन्दा धेरै चीनमा ७७ हजारभन्दा संक्रमित निको भएका छन् ।
भारतमा मृत्यु बढ्दैं, नेपाललाई खतरा

पछिल्लो समयमा भारतमा संक्रमित र मृत्युको संख्या तिव्र बढेको छ ।  विहानको तथ्याङ्क अनुसार भारतमा ७ हजार सय जना मानिस संक्रमित भएका छन् । २४९जनाले ज्यान गुमाइसेका छन् । पछिल्लो १२ घण्टामा २२ जनाले ज्यान गुमाएका छन् । भारतमा मृत्युदरबढ्दैं जादा नेपाललाई झन खतरा बढेको छ । नेपाल भारत खुल्ला सिमाना भएका कारण संक्रमित नेपाल प्रवेश गर्न सक्छन् । भारतमा बढि संक्रमणले नेपाललाई चिन्ता बढेको छ । नेपालमा हालसम्म ९ जनालाई मात्र सक्रमण छ । एक जना निको भइसकेका छन् । भने ८ जना पनि खतरा मुक्त छन् ।