विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा संचालन गर्न दिनुपर्ने माग राख्दै १ नं. प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा असहयोग गर्ने गरिरहेकोले त्यसलाई सहज रूपमा आवतजावत दिनुपर्ने माग राख्दै संघले शुक्रबार प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर नेपाल औषधी व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, सचिव हरिराज रेग्मी, कोषाध्यक्ष बिजय राजवंशीले ज्ञापनपत्र बुझाएका थिए ।
विरंगञ्ज र काठमाण्डौबाट आउनुपर्ने औषधीको ढुवानी नहुँदा प्रदेश १ मा दिर्घरोगी तथा आकस्मिक विरामीहरुको उपचारमा आवश्यक पर्ने औषधीहरुको बजारमा अभाव हुन थालिसकेकोले तत्काल त्यस्ता औषधीहरुको ढुवानीमा पहल गरिनुपर्ने संघद्धारा जारी विज्ञाप्तीमा उल्लेखछ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अति आवश्यकीय औषधीजन्य वस्तुहरुको अभाव हुन नदिन संघले भुमिखा खेल्दै आएको जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रास र गम्भिरताका वावजुद चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सँगै अग्रपंत्तिमा खटिएर सेवा दिंदै आएका औषधी व्यवसायी तथा उनीहरुका कर्मचारीहरुको जीवन रक्षाकालागि प्रदेश सरकारले सुरक्षा सामाग्रीको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।