विराटनगर/ मोरङको उर्लाबारी नगरपालिका–२ स्थित बेतनी सामुदायिककाे घना जंगलको मैदानमा खसेको सालको पत्ताबाट लाग्न सुरू भएको आगो भर्खर उर्मिएको विरूवादेखि हुर्कीदै गरेको रूखसम्म आगो फैलिदै गएको छ ।
यतिकैमा जंगल घाँस दाउँरा खोज्न गएकाले वन उपभोक्ता समितिका पदाधिकारी र गाउँका स्थानियलाई जानकारी पाए पछि दुई दर्जन युवा आगलागी भएको स्थानमा पुग्छन् । उनीहरूको हातमा भएको खुकुरीले सेउँलाको काँचो पत्ता काटेर घरेलु विधी अपनाएर दुई घण्टापछि आगो नियन्त्रणमा ल्याउँछन् ।

यो बिहीबार साझ मोरङको उर्लाबारी नगरपालिका–२ स्थित बेतनी सामुदायिक वनको घना जंगलमा डढेलाे लागेकाे दृश्य हो ।
यसरी डढेलो लागेको उक्त सामुदायिक वनमात्र होइन् । चैत १ देखि २६ गतेसम्म मोरङको १४ वटा वनमा डढेलोले वन क्षेत्रमा छति पु¥याएको डिभिजन बन कार्यालय मोरङले जनाएको छ । सबैभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय मोरङका प्रमुख(डिएफओ) बिशाल घिमिरले जानकारी दिए ।जिल्लामा १ सय ३४ सामुदायिक, ४ साझेदारी र १२ वटा धार्मिक वन रहेको उनले बताए ।
डिभिजन बन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार सुख्खायामदेखि मोरङको वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको बताए । ‘अहिलेसम्म सबैभन्दा बढी डढेलोले क्षति सामुदायिक वनमा पु¥याएको छ,’ उनले भने, ‘चैत २६ गतेसम्म ११ वटा सामुदायिक र ३ वटा साझेदारी वनमा ढडेलोले वन क्षेत्रमाक्षति पु¥याएको छ ।’ हालसम्म एक हजार विभिन्न प्रजातिका विरूवा पूर्ण रूपमा नष्ट भएको उनले बताए । यहाँको वनमा डढेलो लागे पनि मानविय र जनवारमा क्षति नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सूचना अधिकारी ठाकुरकाअनुसार ठूला र घना जंगलका साथै प्रायः सबै वनमा डढेलो लागेको बताए। केही वनमा फायर ब्रेकर राखिएकोले व्यापक क्षति हुनबाट जोगाउन केही सहयोग पुगेको उनको भनाइ छ। डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन्। अमूल्य जडिबुटी पनि खरानी भएको उपक्ताहरू बताउँछन् । उर्लाबारी नगरपालिको २ स्थित बेतनी सामुदायिक वनमा बिहीबार साझसम्म तीन स्थानमा डढेलो लागेको स्थानिय उपभोक्ता दधिराम पोखरेलले बताए । बेतनी सामुदायिक वन क्षेत्रमा लागेको ढडेलो वन क्षेत्रमा रहेका स्थानिय र सामुदायिक वनका वन रक्षकको सहयोगमा नियन्त्रण गरेको उनले बताए । ‘बेतनी सामुदायिक वनभित्र एकै दिनमा तीन ठाउँमा आगोलागी भएको थियो,’ उनले भने, ‘स्थानिय उपभोक्तार वन रक्षक लागि परेर लामो समयपछि वनमा लागेको आगो नियन्त्रणमा ल्याएका थियौं ।’ रातदिन हावाहुरी चल्दा डढेलो निभाउन गाह्रो भएको उनले बताए । यहाँको हरिया बनअहिले डढेलोले कालो बन्दै गएको उनले बताए । सोही वनका उपभोक्ता देवराज थापाले सामुदायिक वनमा ढडेलो लाग्दाआगो नियन्त्रण गर्ने उपकरण नहुदा समस्या भएको बताए ।
‘वनमा डढेलो लाग्ने वितिक्कै नजिकको उपभोक्तालाई चाँडो जानकारी आउँछ,’ उनले भने, ‘यहाँको सामुदायिकवनसँगप्रयाप्तउपकरण छैन । स्थानियउपभोक्ताले वनमाडढेलो लाग्दाकाँचो सेउँलाको पत्ता र घरेलु विधीअपनाएर आगो नियन्त्रणमा ल्याउने गरेका छौं ।’ डढेलो नियन्त्रण गर्ने उपकरण भएमावनमाआगोलाीहुँदा चाँडो नियन्त्रण गर्न सकिने उनले बताए ।
डढेलोको क्षतिको यकिनमूल्यांकनगर्ने प्रविधिनभएपनिलगातारको वन डढेलोकाकारण करौडौं मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथापंक्षीको क्षतिभएको स्थानियउपभोक्ताले अनुमान गरेको छ। यस पटक विगतको तुलनामा डढेलो बढेको डिभिजन वनकार्यालयले जनाएको छ । ‘अहिले विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको छ । यस बेलामा सहरबाट गाउँघरमाथुप्रै मान्छे पुगका छन्,’ डिभिजन वनकार्यालय मोरङकाप्रमुख घिमिरले भने, ‘रमाइलो गर्ने बहानमापनिबनमा ढडेलो लगाउने गर्दछ । त्यहीभएर पनि यस वर्ष डढेलो विगतको वर्षहरूमाभन्दा बढने देखिन्छ ।’ डढेलो नियन्त्रण गर्न वनउपभोक्ता समितिहरू सक्रियभएपनि नियन्त्रण कार्य प्रभावकारी बन्ननसकेको उनको भनाइ छ। स्थानियकाअनुसार वनमासिकार गर्न जानेहरूले डेढेलो लगाउने गरेको भनाई छ ।
मोरङको राजमार्ग साइट र गाउँबस्तीको वन क्षेत्रमाअहिले बढी डढेलो लागेको स्थानियउपभोक्ता बताउँछन् । उर्लाबारीस्थित बेतनी सामुदायिकवनकाउपभोक्ताकाअनुसार अहिले लागेको डढेलो अहिलेसम्मको ठूलो रहेको बताएका छन् । डढेलोले हुर्किदै गरेकासानारुख जलेर नष्ट भएको बेतनी सामुदियकवनकीउपभोक्ताचन्द्रकुमारी श्रेष्ठले बताइन् । डढेलोकाकारण वनआसपासमाबासिन्दा समेत त्रसित छन्। डढेलो गाउँ पस्ने त्रास बढेको स्थानिय बताउँछन् ।
































