धरान । संखुवासभाको खाँदबारी नगरपालिकामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।

खाँदबारी–२ आरुबोटेका १९ वर्षीय महेश विकको करेन्ट लागेर बिहीबार राति ज्यान गएको हो । मोबाइल चार्ज गर्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते बनेका उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाइ उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।