ब्लाष्टखबर । हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्चले इटहरी उपमहानगरलाई ५० हजार १ सय रुपैयाँ प्रदान गरेको छ ।

साविककाे हासपाेसा गाँविस र हाल उपमहानगरकाे २०, १९ लगायतका वडाबाट हङ्गकङ्गमा रहेका नगरवबासीहरूकाे सहयाेगमा हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्चले उपमहानगरलाईकाे राहत काेषका लागी ५० हजार १ सय रुपैयाँ प्रदान गरेकाे हाे । 

रकम शुक्रबार मञ्चका अध्यक्ष कालसिं राईले मेयर द्वारीकलाल चैधरीलाई हस्तान्तरण  गरेका छन् । रकम हस्तान्तरणका क्रममा मञ्चका सचिव भक्त (किरण) तामाङ्गले तत्काललाई पचास हजार एक सय रुपैयाँ भए पनि इटहरी उपमहानगरवासी मात्र नभई आफ्नो मातृभूमिलाई अप्ठ्यारो परेको अवस्थामा यथासक्दो थप सहयोग गर्ने बताएका छन् ।

सन् २०१३ मा हङ्गकङ्गमा गठन भएको मञ्चले विभिन्न समयमा नेपालमा परेको आपत विपतमा सहयोग गरिरहेको छ । १३ जना कार्यसमिति रहेको मञ्चमा १५० जना सदस्यहरु रहेकाे मञ्चले विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्दै अाएकाे छ । 

सहयोग रकम प्राप्त गरिसकेपछि मेयर चाैधरीले एकै ठाँऊको भएकोले मञ्चका साथीहरुसँग भावनात्मक सम्बन्ध समेत रहेको बताएका छन् ।

उनका अनुसार, हालसम्म आर्थिक र खाद्यन्न गरि ८५ लाख बढी रकम सहयोग प्रदान भएको छ । मेयर चौंधरीले ६ महिनासम्म आफ्नो उपमहानगरवासीलाई खाद्यन्न अभाव नहुने बताएका छन् ।