धरान । धरानमा हावाहुरीसहित असिना पानीको वर्षा भइरहेको छ ।

अचानक ३ बजेर ३५ मिनेट जाँदा हावाहुरी सुरु भएको हो । हावाहुरीका कारण केही क्षेत्रको बिजुलीको तारसहित विभिन्न केवल नेटवर्कको तारसमेत चुडाएको छ । हावाहुरी आएको केही क्षणपछि असिना पानी आइरहेको हो ।

एक महिनाअघि पनि धरानमा असिना पानी आएको थियो । हावाहुरीसहित आएको असिना पानीका कारण त्यसबेला सामान्य क्षति पुगेको थियो । अचानक आएको हावाहुरीको केकति क्षति गरेको छ भन्ने विषयमा हालसम्म थप जानकारी हुन सकेको छैन ।

92580329_237243774132368_8825435457090224128_n 92621539_217213276039737_4128207842043756544_n 92890160_439973223485830_194744395705090048_n

92874882_666305124145448_539812208683515904_n