धरान । लेखक, साहित्यकार तथा राजनीतिज्ञ भुइदल राईको ९१ वर्षको उमेरमा निधन भएको छ ।

इटहरी–९ माइला छोरोको घरमा बस्दै आएका राईको मंगलबार निधन भएको छ । हालसम्म उनले विभिन्न विषयमा ९७ वटा पुस्तक लेखेका छन् । भोजपुरको हतुवागढीको सिन्द्राङ  स्थायी घर भएका उनी पछिल्लो समय छोराहरूको साथमा बस्दै आएका थिए । उनको अन्त्येष्टि धरानको धरान–१९ हरियालीमा अन्त्येष्टि गरिएको थियो ।

उनलाई श्रद्धाञ्जली दिनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेत उपस्थित भएका छन् । उनको अन्त्येष्टिमा श्रद्धाञ्जली अपर्ण गरेका थिए । दिवङ्गत भएका राई भोजपुर जिल्लाकै पहिलो जिल्ला पञ्चायत सभापति र तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य रहेका थिए । उनले आफ्नो नामा पनि बान्तवा भाषामा उल्था गरेर आफ्नो नागरिकता संशोधन गरेका थिए ।

उनको चार जना छोरा रहेका छन् । उनी वि.सं. २०१४ देखि १८ सम्म र २०२९ देखि २०३१ सालसम्म जेल जीवनसमेत बिताएका थिए ।