वराहक्षेत्र / रामधुनी नगरपालिकाले लकडाउनमा दैनिक ज्यालदारी मजदुरी गर्नवाट वन्चित नगरका विपन्न परिवारलाई घरमैपुगेर राहत सामाग्री वितरण गरेको छ ।
यसैक्रममा वार्ड नम्बर १ ले करिव ३ सय परिवारलाई राहत प्रदान गरेको छ । वडा अध्यक्ष सहित टोल विकास समितिका सदस्य, सुरक्षा निकाय तथा समाजसेवी संघ संस्थाका प्रतिनीधिहरुल घर घरमा गएर चामल, दाल, नुन तेल र साबुनलगायतको दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो ।
नगरपालिकाको २,३,४,५,६,७ ,८ र ९ नम्बर वडाहरुमा समेत राहत वितरण गरिएको मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।