ब्लाष्टखबर । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालय कोरोना भाइरसको बारेमा डेटा तयार गर्दैछ। युनिभर्सिटीका अनुसार, लगभग संसारभरका सबै देशहरूमा कोविड १९का संक्रमीतहरू देखीएका छन् । तर, संसारका  यस्ता ६ देश पनि छन्, जहाँ कोरोना भाइरस पुगेकाे छैन । ति देशहरूमा उत्तर कोरिया, तुर्कमेनिस्तान, यमन जस्ता देशहरू सामेल छन् । कोरोनाको विनाशबाट बाँचेका देशहरू बारे जानौं । 

तुर्कमेनिस्तान - मध्य एशियाको देश, तुर्कमेनिस्तानले आफ्नो देशमा कोरोना भाइरस भन्ने शब्द प्रयोग गर्न पनि प्रतिबन्ध लगाएको छ। तुर्कमेनिस्तानका प्रहरीले मास्कलगाएर हिड्ने र काेराेना महमारीका बारेमा कुरा गर्नेलाई पक्राउ गरेर जेल पठाइरहेका छन् । त्यहाँकाे सरकारले काेराेना महामारीका बारेमा जनचेतना मुलक पाेस्टर तथा सामाजिक पोष्टहरू हटाउदै गाइरहेकाे छ ।

 ताजिकिस्तान - मध्य एशियाका अर्काे देश हाे तजिकिस्तान, जहाँ मनिसहरू ट्रेकिङ्ग र क्लाइम्बीङ्ग गर्न विश्व भरीका मानिसहरू  आउँने गर्दछन् । मार्चको सुरू भएसंगै त्यहाँकाे सरकारले ३५ देशका नागरिकलाइ प्रवेश राेक लगाएकाे छ । ताजिकिस्तान सरकारले काेराेना महामारी समाप्त नभएसम्मका लागि त्यस देशका नागरीकलाई विदेश जान र विदेशीलाई प्रवेश राेक लगाएकाे छ ।

उत्तर कोरिया- चीनसंग सिमाना जाेडिएकाे उत्तर कोरियामा कोरोनाको अहिले सम्म कुनैपनि घटना देखीएकाे छैन । उत्तर कोरिया विश्वको गोप्य देशहरू मध्ये एक मानिन्छ। चीनमा कोरोना भाइरस फैलिन थाले देखीनै उत्तर कोरियाले सबै सिमाना बन्द गरेको थियाे । केहि दिन अघिमात्र काेराेना भाइसरका घटना आफ्नाे देशमा नदेखीनुके श्रेय सिमाना बन्द गर्ने निर्णयलाइ दिदै  काेराेना मूक्त देश घाेषणा गरेकाे थियाे । तथापी उत्तर कोरियाकाे याे घाेषणा प्रति धेरै देशले शंका गरेका छन् । विदेशी नागरिकहरूलाई उत्तर कोरियामा जान अनुमति छैन ।  

यमन- मध्य पूर्वी देश यमनमा पनि अहिले सम्म कोरोना संक्रमण देखीएकाे छैन । याे देश विगत लामाे समयदेखी हयुद्धको सामना गरिरहेको छ। यहाँको जनसंख्या तीस करोड छ। यहाँ भोक र गरीबीको कारण धेरै मानिसहरू मरेका छन्।

यसका अलवा लिसाेथेकाेमाेराेसमापनि काेराेना संक्रमण देखीएकाे छैन ।

स्राेत : अमरउज्याला