सुनसरी/देशमा नोवेल कोरोना भाईरस (कोभीड १९ ) को प्रकोप फैलिन नदिन गरिएको लक डाउनका कारण खाद्यान्न अभाव हुन नदिन उर्लाबारीको सुकुम्वासी वस्तीमा एक युवा व्यवसायीले खाद्यान वितरण गरेका छन् ।

पञ्चेश्वर क्रसर उद्योगका सञ्चालक मिलन श्रेष्ठले श्रेष्ठले मोरङको उर्लाबारी १ मा रहेको सुकुम्वासी वस्तीमा खाद्यान्न प्रदान गरेका हुन् । देश कोरोना भाईरसको महामारी रोकथाम लागी लकडाउन भई रहेको अवस्थामा दैनिक जिविको पार्जन गरी परिवार चलाउने सुकुम्वासी बस्तीका करिव ४० परिवार लाई खाध्यन्य सामाग्री बितरण गरेको श्रेष्ठले बताए ।

उनले प्रति परिवार एक बोरा चामल,दुई केजी दाल, तेल,नुन,भुजा,चाउचाउ लगाएतको सामाग्री बितरणको जनाएका छन् । साविक नगरपालीका सुन्दरदुलारी तरुण दलका सभापती समेत रहेका युवा व्यवसायी श्रेष्ठ पञ्चेश्वर क्रसर उद्योगका संचालक हुन् । देशमा नोवेल कोरोना भाईरस (कोभीड १९ ) को प्रकोप फैलिन नदिनको लागी अपनाएको लकडाउनलाई स्वागत गर्दै कोरोना भाईरसको महामारी बाट बच्न समेत उनले आग्रह गरेका छन् ।

विपन्न परिवारलाई राज्यले सहयोग गर्नु पर्ने बताउँदै उनले यस्तो परिस्थितीमा घर बाट ननिस्कन पनि उनले आग्रह गरे । यस्तो परिस्थीतीमा सबैलाई एक अर्काको सहयोगी भईदिन समेत आग्रह गरेका छन् ।