विराटनगर । सरकारले गरेको लकडाउन पालना गराउन खटिएका प्रहरीलाई नेपाल औषधि व्यवसाय संघ मोरङले खाजा, माक्स र सेनिटाइजर उपलब्ध गराएको छ ।
२४ घण्टा काममा खटिने प्रहरीले खाजा–पानीको साथै माक्स, ग्लाेभ्स र सेनिटाइजर उपलब्ध गराएको नेपाल औषधि व्यवसायी संघ मोरङका बरिष्ठ उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार ट्राफीक प्रहरी र एम्बुलेन्स चालकहरूलाइ पनि माक्स, ग्लाेभ्स र सेनिटाइजर उपलब्ध गराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राकेश पाेदारले कोरोना संक्रमणविरुद्ध लड्न भावनात्मक रूपमा सहयोग भएको बताए । उपलब्ध गराइएको खाजा–पानीकाे साथै माक्स, ग्लाेभ्स र सेनिटाइजर ड्युटीमा खटिने प्रहरीलाइ बितरण गरिने बताए ।
यसअघि पनि संघले कोरोना भाइसर (कोभिड १९) को संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै विराटनगरमा दुइ हजार थान माक्स वितरण गरेको छ । संघले विराटनगरको तीनपैनी चौक र ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्क लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै मास्क वितरण गरेको उपाध्यक्ष ढकालले जानकारी दिए ।