धरान । कोरोनाको संक्रमणबाट ‘रिकोभर’ भएका सेलिब्रेटीहरूले घरमै बस्न र सेल्फ आइसोलेसनमा रहनका लागि आग्रह गरेका छन् ।

हलिडउका सेलिब्रेटीहरूले कोरोनाबाट बच्नका लागि घरमै बस्न सल्लाह दिएका हुन् । केही समय अघि फिल्मको छायाङ्कनको क्रममा अष्ट्रेलिया आएका टोम हन्क एवम् उनकी पत्नी रीता विल्सनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरूले ट्वीटमार्फत् आफ्ना फ्यानलाई यसबारे जानकारी दिएका थिए । झण्डै २ सातासम्म अष्ट्रेलियामा होम आइसोलेसनमा बसेका उनीहरू अहिले ठीक भएर अमेरिका पुगेका छन् ।

त्यहाँबाट उनीहरूले ट्वीटमार्फत् नै भनेका छन्, ‘कोरोनाबाट बच्नका लागि सकेसम्म घरभित्रै र सेल्फ आइसोलेसनमा बस्नुहोस्, बाहिर निस्किहाल्नु भयो भने मानवीय दूरीलाई कायम गर्नुहोस् ।’ उनीहरूले कोरोनाबाट बच्नका लागि एकमात्रै उपाय रहेको खुलाए ।

त्यस्तै ‘गेम्स अफ थ्रोन्स’ का नायक क्रिष्टोफर हिभ्जुले पनि यस्तै प्रकारको सल्लाह दिएका छन् । उनलाई पनि केही समयअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । मार्च १७ तारिखका दिन उनलाई कोरोना भएको पुष्टि भएको थियो । अहिले उनी दैनिक जीवनमा फर्किसकेका छन् । नर्वेजियन नायक क्रिष्टोफरले लेखेका छन्, ‘म आग्रह गर्छु तपाईंहरूलाई आफूलाई एकदमै सुरक्षित राख्नुस्, नियमित हात धुनुस, डेढ मिटरको दूरी कायम गर्नुस् अनि क्वारेन्टाइनमा बस्नुस् ।’

norbejiya_actor

नर्वेजियन नायक क्रिष्टाेफर