धनकुटा/कोरोना भाईरसको जोखिममा पर्ने सक्ने खतरा हुने भएकाले रिपोर्टिङमा खटिने पत्रकार, डिउटीमा रहेका सुरक्षाकर्मी,स्वास्थ्यकर्मीहरुलाई सोमवार धनकुटा उद्योग बाणिज्य संघले माक्स् र सेनिटाईजर वितरण गरेको छ ।

कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागी नेपाल पत्रकार महासंघ शाखामा आवद्ध भएर क्रियाशिल रहेका पत्रकारहरुलाई माक्स र सेनीटाईजर वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न र स्थलगत रिपोटिङ आदी कार्यमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा पत्रकारहरु फिल्डमा खटिनु पर्ने भएकोले पत्रकारहरुलाई अनिवार्य सेनीटाईजर र माक्स आवश्याक पर्ने भएकोले वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले वताएका छन् ।

सो अवसरमा उनले सोमवार धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक र धनकुटामा डिउटीमा खटिएका ट्राफिक प्रहरी, सुरक्षाकर्मीहरुलाई पनि माक्स, सेनीटाईजर, पन्जा वितरण गरिएको वताएका छन् । सेनीटाईजर, माक्स, पन्जा वितरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, महासचिव रामवहादुर गोङ्गवा तामाङ, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव राम राया लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी उधोग वाणिज्य संघ धनकुटाले आईतवार कोरोना भाईरसवाट वच्नको लागी जनचेतना अभिवृद्धी गर्ने उदेश्यले भेडेटार, घण्टे र मुलघाटमा बजार अनुगमन गर्दै माक्स र सेनिटाईजर वितरण गरेको छ । सरकारले लगाएको लक डाउन गरेको सयमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य समाग्रीहरु अभाव हुन नदिनका लागी सुरक्षित ढंगले समान विक्रि वितरण गर्न र कोरोना भाईरसबाट बच्न सचेतना जगाउँदै धनकुटाको भेडेटार,घण्टे र मुलघाट र धनकुटामा बजार अनुगमन गर्दै माश्क र सेनिटाईजर वितरण गरिएको उधोग वाणिज्य संघ धनकुटाका सचिव श्रीराम रायमाझीले वताए ।