वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चतरा र चक्रघट्टीस्थित वराहक्षेत्र नगर अस्पतालमा सेवाग्राहीलाई आकस्मिक डेलिभरी ज्वराेकाे क्लिनिक सेवा सञ्चालनमा रहेका छन् । 

अस्पतालमा एक पटकमा एक जनालाई मात्र प्रवेश गर्न दिइने भएकाे छ । नियमित औषधि लिन आउनेलाई दूरी कायम राख्न व्यवस्था मिलाइएको छ । स्वास्थ्य केन्द्र चतरा र नगर अस्पतालमा आउनेहरुको नियमित रेकर्ड राखिएको छ । ज्वराे क्लिनिकमा चेकजाँच गराउन नगर अस्पतालभन्दा स्वास्थ्य केन्द्र चतरामा धेरै आइरहेको दैनिक बिरामी विवरणमा उल्लेख गरिएको छ ।

स्वास्थ्य कर्मीहरुले चतराघाट स्थित कोशी पुलमा समेत सेवा दिइरहेका छन् । बाहिरबाट नगरपालिका प्रवेश गर्नेको थर्मल स्क्यानिङ्ग गर्ने तथा उनीहरुको डेटा राखिने गरिएको नगरपालिकाले बताएको छ भने नगरमा ९ वेडको क्वारेनटाइन हाउस निर्माण गरिएको छ ।

आज प्रा.स्वा. चतरामा आकस्मिक तर्फको फिभर र नन फिभर ३२ जना र सामान्य फिभर क्लिनिक मा १३ जना आएका छन् भने नगर अस्पतालमा इमरजेन्सी तथा फिभर क्लिनिकमा ३,३ जना आएको अस्पतालका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए ।

स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पिपिइ व्यक्तिगत सुरक्षा उपकरण चतरा र चक्रघट्टी अस्पतालको लागि २ महिना सम्म पुग्ने प्लास्टीक रेन कोट, गाउन,चस्मा, मास्क,जुत्ता,हेन्ड ग्लब ,सेनीटाइजर स्प्रीट लगायत समाग्री खरिद गरिएको डा. गिरीले जानकारी दिए ।

कोरोना सतर्कता अपनाउदै नगरपालिकाले औषधी नगरको १ र २ नम्बर वडामा संक्रमण रोक्ने औषधी छिटिएको छ भने,बजारमा औषधी नपाएको हुनाले,पाउनसाथ अन्य वडामा छिटिने बताईएको छ । व्यवस्थापन कमजोर रहेका भरौल,महेन्द्रनगर,प्रकाशपुर स्वास्थ्य चौक्ी ,मधुवन केन्द्रले बिरामी चतरा र नगर अस्पतालमा रेफर गर्ने गरिएको डाक्टर गिरीले बताए ।