भद्रपुर । कोभिड–१९ को आशङकमा मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचारार्थ युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको उनको स्वाब थ्रोट परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । उनको शारीरिक स्वास्थ्य अवस्थामा अहिले सामान्य रहेकोले डा. ठाकुरले बताए । झापा जिल्ला गौरदाह नगरपालिका बस्ने ३५ वर्षीय युवक कतारबाट वैदेशिक रोजगारीबाट गत चैत ४ गते घर फर्किएका थिए ।

फ्रान्सबाट आएकी कोरोना सङ्क्रमित नेपाली युवतीसँग एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर चैत ११ गते स्वास्थ्यकर्मीको सम्पर्क आएका थिए । तर, ती युवक कोरोना सङ्क्रमित युवतीसँग एउटै विमान नआएको पुष्टि भए पनि आइसोलेसन वार्डमै रहेर उपचार गरिरहेका थिए । मेचीमा अहिलेसम्म आइसोलेसेन वार्डमा भर्ना भएका योसँगै दुई जनाको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।