मधुमल्ला । मोेरङको मिक्लाजुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रमा संचालन हुने एम्बुलेन्स चालकहरूलाई निःशुल्क व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) उपलब्ध गराएको छ ।

शनिबार मिक्लाजुङ गाउँपालिकाले एम्बुलेन्स चालकहरूलाई सेवा दिने क्रममा कुनै प्रकारको रोगको संक्रमण नहोस् भन्ने उद्देश्यले पीपीइ वितरण गरेको बताइएको छ । एम्बुलेन्स चालकहरू २४ घण्टा काममा खटिनु पर्ने भएकाले उनीहरूलाई निःशुल्क पीपीइ गाउँपालिकाले उपलब्ध गराएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

वितरणमा गापा स्वास्थ्य शाखा अधिकृत चिन्तामणि पोख्रेल, गापा उपाध्यक्ष सरला राईको उपस्थिति रहेको थियो । मिक्लजुङ गाउँपालिकामा पाँच वटा एम्बुलेन्स संचालनमा रहेका छन् ।