ब्लाष्टखबर । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन काठमाडौंबाट नेपालगञ्ज गएको जहाज  अवतरणका क्रममा चिप्लिएर घाँसे मैदान पुगेकाे छ ।

नेपाल एयरलाइन्सको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।