उर्लाबारी । रतुवामाई नगरपालिकाले स्वीकृत नलिई इजी सप् नेपाल इटहरीले बिक्रीको लागि दक्षिणी मोरङको सिजुवा पुर्याएको सिनिटाइजर शुक्रबार नियन्त्रणमा लिएको छ ।

नगरपालिकाका नगर प्रमुख रविन राईले लकडाउनको प्रतिकुल समयमा उक्त सपका संचालक निलम खड्काले नगरपालिका क्षेत्रमा सवारी संचालनको लागि इलाका प्रशासन कार्यालय रंगेलीसगँ स्वीकृत नलिएको र नगरपालिकासँग समेत समन्वय नगरी विक्री गर्दै हिडेपछि स्विकृत लिन र नगरपालिकासँग समन्वय गरेर मात्र बिक्री गर्न नियन्त्रणमा लिएको बताएका छन ।

नगर प्रमुख राईले आइतबार कानुनी प्रक्रिया पुर्याएर गुणस्तरिय भए मात्र विक्रीको लागि अनुमति दिने नदिने निर्णय लिने बताउदैँ कानुनको क्षेत्राधिकार बाहिर हिड्ने अधिकार कसैलाई नभएको बताएका छन ।

उता सपका संचालक खड्काले नगर प्रमुख राईले आफुले इलाका प्रशासन कार्यालय उर्लाबारीसगँ उर्लाबारी–काठमाण्डौको लागि चैत्र १२ देखि १८ गते सम्मको सवारी संचालन तथा ढुवानीको लागि पास लिएको बताउदैँ नागरिकका लागि अति आवश्यक स्वस्थ्य सामाग्री वितरणमा रोक लगाएर अन्याय गरेको बताउदैँ २ सय ५० प्रतिगाेटा पर्ने १०५० थान कोरोना भाईरसको संक्रमण रोक्ने सिनिटाइजर नगरपालिकाले नियन्त्रणमा लिएको बताएका छन ।