धरान । नेपालमा कोरोनाभाइरसकको संक्रमणबाट थप एक जना बिरामी थपिएका छन् ।

उनी हालै दुबईबाट फर्किएका थिए । ३४ वर्षीय ती युवकलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरसको संक्रमण हुने उनी उपत्यका बाहिरका पहिलो व्यक्ति रहेको जनाइएको छ । यसअघि तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसमध्ये एक जना उपचारपछि घर फर्किएका थिए भने दुई जनालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भएका अधिकांस बिरामीहरूको कोरोनाभाइरसको ल्याव परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।