संखुवासभा । संखुवासभामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित भएको छ । चीनबाट सुरु भई विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणबाट सरकारले मंगलबारबाट लक डाउन गरेसंगै काम स्थगित भएको हो ।

मंगलबार देशभर लक डाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको हो । भारतिय निर्माण कम्पनी सतलजले जलविद्युत निर्माण मंगलबारबाट सम्पूर्ण काम स्थगित गरेको एसएपिडिसीका सिइयो अरुण धिमानले बताए । अरुण तेस्रो परियोजनामा २५ सय भन्दा बढी भारतीय र नेपाली कामदार रहेको छन् ।

सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा स्थित फ्याक्सिन्दाको ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत गृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकास एशीसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जीनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएका छन् ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ ।