उर्लाबारी / कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले चैत्र ११–१८ गते सम्म लकडाउन गरेको अवस्थामा सो को अवज्ञा गर्ने विरुद्ध बुधबार उर्लाबारीमा कार्यवाही गरीएको छ ।

उर्लाबारी नगरपालीका र ईलाका प्रहरी कार्यालयले अवज्ञा गर्ने विरुद्ध भाटे कार्यवाही गरीएको नगर प्रहरीले जनाएको छन । उक्त कार्यवाहीमा मेयर खड्ग फागोले अटेर गर्नेलाई आफैले छडीले कुटेका समेत छन । लकडाउनको पहिलो दिन अवज्ञा भए पछि दोस्रो दिन मेयर फागो आफै दिनभरी लकडाउन सफल पारी संक्रमणबाट जोगाउन सकृय बनेका हुन । मेयर फागोले संक्रमण फैलिन नदिन पटक पटक माईकिङ गर्दा समेत अवज्ञा गरेपछि आफै सडकमा गएर तर्साउन सामान्य कार्यवाही गरेको बताएका छन ।