लक्ष्मीमार्ग/कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरेपछि मोरङका अधिकांश ठाँउहरू सुनसान छन् ।
आज मंगलबार बिहानैदेखि प्रायः सबै स्थान लकडाउन भएका हुन् । केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरू निस्किए पनि केही बेरपछि मानिसहरूको उपस्थिति पातलो बन्दै गएको छ । बिराटनगर, रंगेली, विराटचोक, बेलबारी, पथरी, उर्लाबारीलगायतका स्थानमा मानिसहरूको चहलपहल ह्वात्तै घटेको छ ।
सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरू भने देखिन्छन् । प्रहरीहरूले पास भए-नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् । मानिसहरू हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ ।