कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ- विश्व स्वास्थ्य सङ्गठन

alt
  • चैत्र ११, २०७६
  • ९४ पटक पढिएको
  • वीवीसी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्। जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन् ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

नियन्त्रण मात्र अपर्याप्त
विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ।  रोगका सम्भावित उपचार उक्त बैठकको अजेन्डामा छ।

लामो मन्दीको त्रास
विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन्। अमेरिकाको केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गरिदिने बताएको छ।

जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८०० अर्ब डलर खर्च गर्ने बताएको छ। विश्व ब्याङ्कले विकासोन्मुख देशहरूलाई कोरोनाभाइरस प्रकोपको मार बेहोर्न १५० अर्ब डलर सहायता दिने जनाएको छ।

युद्ध रोक्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिवले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वभरि जारी द्वन्द्वमा युद्धविराम गर्न आह्वान गरेका छन्। उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको बताए। उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरे।

गर्भवतीले तयार गरीन ...

ब्लाष्टखबर ।  हालसम्म भारतमा कोरोना भाइरसको कारण १ ...

काेराेनाभाइरस लकडाउन ...

धरान । काेराेनाभाइरसका कारण सरकारले गरेकाे लकडाउनकाे अस ...

काेराेना भाइरसबारे क ...

 कोभिड १९ का लक्षणहरु के के हुन् ? सबै भन्दा ...

के हो समानता ? ...

समानता       के हो समानता सगै भात ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved