धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले सुनसरीका पत्रकारहरूकालागी २ सय थान मास्क वितरण गरेको छ ।

पत्रकारहरूमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीकाे रूपमा फैलीएकाे कोरोना भाइरस (कोभिड १९) को संक्रमणकाे जाेखीम उच्च रहने भन्दै धरान, ईटहरी, इनरूवाका पत्रकारहरूलाई माक्स वितरणा गरीएकाे महासंघका अध्यक्ष विकाश चाम्लिङ राईले बताए । उनले  सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरीरहे पनि समाचार सम्प्रेशणका लागी दैनिक रूपमा व्यक्तिहरूको सम्पर्कमा आउनु पर्ने  भन्दै  यो अवस्थामा संक्रमणबाट जोगिनका लागी केही सहयोग हुन्छ कि भनेर मास्क वितरण गरीएको बताए ।

कार्यक्रममा केन्द्रिय प्रविधी क्याम्पस हात्तीसारको माईक्रोबाईलोजी विभागको बनाएको स्यानिटाइजरपनि वितरण गरीएकाे थियाे । माईक्रोबाईलोजी विभागका प्रमुख धिरेन लिम्बुको नेतृत्व बितरण गरेकाे उक्त स्यानिटाइजर ७ दिन सम्म पुग्ने ३० मिलीलिटर रहकाे थियाे । सेनेटाइजर वितरण गर्दै लिम्बुले भने  ’घरमा हुनुहुन्छ वा तपाईको नजिक साबुन पानी उपलब्ध छ भने साबुन पानी नै प्रयोग गर्न उचित हुन्छ’ उनले भने, ’नभएको खण्डमा मात्र स्यानिटाईजर प्रयोग गर्नुहोला ।’