धरान । धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ विभागले सर्वसाधारणलाई कोरोनाबाट बच्न सावुन पानीले हात धुने तरिका सिकाएको छ । शुक्रबार जीओपिडी अगाडी प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले सावुन पानीले हात धुने तरिका सिकाए । उनले माक्सको प्रयोग कसरी गर्ने भन्ने विषयमासमेत जानकारी गराए । प्रतिष्ठानले कोरोना संक्रमणको पहिचानको लागि छुट्टै हेल्प डेक्स बनाएको छ ।

विदेशबाट आएका र रुघाखोकी लागेका विमारीहरुलाई हेल्प डेक्समा राखेर काउनसेलिङ गदैं आएको मेट्रोन यादवले बताए ।
कार्यक्रममा अस्पतालका सहायक निर्देशक डा. विकास साहले ओपिडी इञ्चार्ज महिमा तुलाधर, नर्सिङ सुपरभाइजर हरि राई, विष्णु तामाङलगायतको उपस्थिति रहेको थियो ।