यासोक । पाँचथरको तुम्बेवा गाउँपालिकामा बुधबार बिहान यात्रुवाहक जीप दुर्घटना भएको छ ।

६ जना यात्रु बोकी मैवाबाट धरान तर्फ जादै गरेकाे न १ ज ५२९७ नम्बरको जीप तुम्बेवा २ स्थित सान्दा भन्ने ठाउँमा  दुर्घटना भएकाे हाे । 

दुर्घटनामा चालक धनकुटा भेडेटारका ३७ बर्षीय चन्द्र मगर,  तुम्बेवा २ का ५८ बर्षीय मरिचमान लावती , ४० बर्षीय गजेन्द्र लावती, तुम्बेवा ३ का ४२ वर्षीय सिरी प्रसाद लावती, ३५ वर्षीय रनमाया लावती र तुम्बेवा ४ का लुम्दामाया साँवा रहेका छन् । घाइतेहरूकाे उपचारकालागी धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएकाे छ ।

घाइते मध्याे गजेन्द्र र मरिचमानकाे अवस्था गम्भिर रहकाे इलाका प्रहरी कार्यालय माैवाले जनाएकाे छ । 

दुर्घटनामा जिप सडकबाट २ सय मिटर तल खसेकाे छ ।