भण्टाबारी । सुनसरीको हरिनगर गाउँपालीका वार्ड नम्बर वार्ड नम्बर ७ स्थित मोरम चोकबाट सशस्त्र प्रहरीले मोटरसाइकलसहित कुखुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी घुस्कीबाट इन्सपेक्टर डिकेन्द्र ओली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले शुक्रबार कुखुरासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । सशस्त्र प्रहरी नेपाल नम्बर ४ गण हेक्वा सुनसरीका एसपी कृष्ण ढकालअनुसार भारतबाट अवैध रूपमा दुईवटा मोटरसाइकलमा ल्याउदै गरेको ११० केजी प्रतिबन्धित भारतीय कुखुरासहित मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको छ ।
भारतबाट को ३३ प १६६७ र को ७ प ८१३२ नम्बरको मोटरसाइकलमा ल्याउदै गर्दा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले कुखुरा र मोटरसाइकल बरामद गरिएको एसपी ढकालले जानकारी दिए । पछिल्लो समय जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरुसँगै विभिन्न स्थानबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुकाई छिपाइ तस्करी गरी ल्याइने नेपालमा प्रतिबन्धित कुखुरा धमाधम नियन्त्रणमा लिन थालेको छ ।