धनकुटा / धनकुटा जिल्लामा पछिल्लो समयमा आत्माहत्याको ग्राफ बढेको छ । आ.व.०७६÷०७७ को पछिल्लो ८ महिनाको अवधिमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ३८ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको मुद्धा शाखाले जानकारी दिएको छ ।
अघिल्लो तीन वर्षको अवधिमा महिनामा बढिमा ३८ जनाको ज्यान गएको थियो । तर यो क्रम यस वर्ष बढ्दो रुपमा रहेको प्रहरीको मुद्धा शाखाले जनाएको छ । जिल्लामा विगत तीन वर्षको अवधिमा १ सय १२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७३÷०७४ मा ३८ जना, ०७४÷०७५ मा ३७ र ०७५÷०७६ मा पनि ३७ जनाले आत्माहत्या गरेका मुद्धा शाखाको रेकर्डमा उल्लेख छ ।
आत्महत्याको अवस्थालाई धनकुटा जिल्लामा तुलना गर्दा तीन वर्षको अवधिमा सबैभन्दा बढि धनकुटा नगरपालिकामा ३७ जना, महालक्ष्मी नगरपालिकामा १७ जना, सा“गुरीगढी गाउँपालिकामा १६ जना, चौबिसे गाउ“पालिकामा १६ जना, छथरजोरपाटी गाउ“पालिकामा ११ जना, पाख्रिबास नगरपालिकामा १३ जना र सहिदभुमि गाउ“पालिकामा २ जना गरेर १ सय १२ जना पुगेको हो । जिल्लाको ७ तह मध्ये सहिदभुमी गाउँपालिकामा भने आत्महत्याको संख्या २ जना सवै भन्दा न्युन रहेको छ भने सवै भन्दा वढी धनकुटा नगरपालिकामा ३७ जना पुगेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार फागुण २ गते ९ वर्षीय एक बालक पासो लगाएर झुण्डिएको अवस्थामा घर नजिक मृत भेटिए । छथर जोरपाटी गाउ“पालिका २ विवेक तामाङले विद्यालयको ड्रेस मै आत्माहत्या गरेको प्रहरीको जनाएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.३ का शैलु लिम्वुले गएको भदौ ३१ गते १२ वर्षकै उमेरमा आत्म हत्या गरेका थिए । त्यसेगरी सोही गाउ“पालिकाको वडा नं. ४ जोरपाटीका १७ वर्षिय भरत लिम्बुले कात्तिक २९ गते झुण्डिएर आत्माहत्या गरेका थिए । धनकुटा नगरपालिका वडा नं.६ स्कुल डाँडका वर्ष ५० का लालवहादुर पुर्कुटीले पनि गएको अशोज २३ गते आफ्नै घर नजिकेको खन्यूको बोटमा भुण्डिएर आत्म हत्या गरेका थिए । यसरी श्रृखलावद्ध आत्महत्याको घटनालाई नजिकबाट नियालेर हेर्दा बालबालिका र किशोरावस्थाका व्यक्तिले वढी ज्यान गुमाएको देखिन्छ । आत्महत्याको घट्नालाई न्यूनिकरण गर्न समुदायमा सचेतनामुलक कार्यक्रमको आवश्याक्ता औल्याएका छन् ।