भद्रपुर / डाँका मुद्दाका फरार अभियुक्त १० वर्ष पछि पक्राउ परेका छन् । झापा जिल्ला अदालतले २०६७ माघ १२ गते गरेको फैसलाले डाका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ९सय ५० रुपैयाँ जरिवाना लागेका झापा साविक ज्यामिरगढी गाविस वडा नं. ८ हाल मेचीनगर नगरपालिका वडा नं. ७ का ४५ वर्षिय प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
खोजतलाश गर्ने क्रममा विहीबार साँझ गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ओलीलाई शुक्रबार जिल्ला अदालतमा पेश गरी अदालतको आदेशमा झापा कारागार कार्यालय चलान गरिएको डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।