संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा ४४ दिने शिशुसंगै बाबु आमा कारागारमा रहेका छन् ।
प्रहरी हिरासतमा हुँदानै जन्मिएको शिशुसंगै जिल्ला कारागारमा ४४ दिने शिशु बुबा आमासंगै कारागारमा रहेकी हुन् ।
उनको बुबा भक्तबहादुर र आमा सुष्मा विश्वकर्मालाई गएको फागुन १४ गते कारागार चलान भएको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए । उनको बुबा आमा कारागार चलान भए पछि रेखदेख र हेरचाहकोलागि भए पनिसंगै कारागारमा राखिएको बताए ।
सभापोखरी गाउँपालिका–६ बस्ने भक्तबहादुर विश्वकर्माले चिचिला गाउपालिका–५ घर भएकी सुस्मा विश्वकर्मालाई केही समयअघि दोस्रो विवाह गरेका थिए । उनीहरु बिच मायाँ प्रेम बसेपछि राजी खुशीमा दोस्रो विवाह गरेका हुन् । तर दोस्रो विवाह गर्ने बित्तिकै भक्तबहादुरकी जेठी श्रीमती रुमिता विश्वकर्माले जिल्ला प्रहरी कार्यालय संखुवासभामाआफ्नो श्रीमानले बहुविवाह गरेको भन्दै मुद्धा दर्ता गरेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।
बहुविवाह मुद्धा लागेका उनीहरुलाई जिल्ला अदालत संखुवासभाले सुष्मालाई ७५ हजार र उनको श्रीमान भक्तबहादुरलाई २ लाख ३५ हजार रुपैया धरौटी रकम तोकेको थियो । तर उनीहरुले उक्त धरौटी वापतको रकम तिर्न नसक्दा गएको फागुन १४ गते कारागार चलान गरिएको जिल्ला अ दालतका स्रेस्तेदार डिल्ली प्रसाईले बताए । उनीहरुले धरौटी बापतको रकम जम्मा गरेमा तारिखमा छुट्न सक्ने स्रेस्तेदार प्रसाईले बताए ।
नेपालको संविधान अनुसार बहुविवाह गरेमा एक बर्ष देखि पाँच बर्ष कैद र पाँचहजार देखि ५० हजार रुपैयासम्म जरिवाना तिर्नुपर्ने नियम रहेको छ ।