विराटनगर /  ब्राउन सुगर (खैरो हिरोइन) को कारोबारी गर्ने एक पक्राउ परेका छन् । भारतको जोगवनीबाट खैरो हिरोइन ल्याएर नेपालको विभिन्न स्थानमा कारोबारी गर्ने मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षीय कमानसिंह राई पक्राउ परेका हुन् ।
प्रहरीले राईको साथबाट बरामद गरेको खैरो हिरोइन भारतको जोगवनीबाट ५० हजारमा खरिद गरी सेवन र विक्री गर्न ल्याएको पाइएको छ । ‘पक्राउ परेका राई सेवन कर्ता र कारोबारी रहेको पाइएको छ,’ मोरङ प्रहरी प्रवक्ता एंव डिएपी मानबहादुर राईले भने । पक्राउ परेका राईले प्रति डोज १ हजार रुपैयाँसम्ममा बेच्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत मोरङमा म्यात थप गरि इलका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर अनुसन्धान गर्दै आएको डिएसपी राईले जानकारी दिए ।
प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध ब्युरोको टोलीले राईलाई १५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको डिएसी राईले जानकारी दिए । भारत जोगवनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा राईको साथबाट खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।