ब्लाष्टखबर । बराहक्षेत्र नगरपालिका ३ पाञ्चाली चौकमा कार दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

धरानबाट बराह क्षेत्र तर्फ जादै गरेको प्रदेश १ –०२–००२च३७४८ नम्बरको कार विपरित दिशाबाट आउदै गरेको २ वटा मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको स्थानियले बताएका छन् ।

एक जना मात्र सवार रहको कार चालक दुर्घटनामा सामान्य घाइते भएको बताइएको छ । कार दुर्घटनाबाट पछि सडक भन्दा बाहिर नालीमा खसेको छ । दुर्घटनाको पूर्ण विवरण भने आइसकेको छैन ।

car2