विराटनगर । मिटरब्याजमा लिएको पैसा तिर्न मोरङको बुढीगंगा गाउँपालिका एक युवाले आफ्नै बावुसँग अपहरणको नाटक गरि २१ लाख रूपैयाँ फिरौती लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बुढीगंगा गाउँपालिका– ३ बाँसबारीका २४ वर्षिय मुकेश कुमार महतोले आफ्नै बावु शिवनारयणसँग अपहरणमा परेको नाटक गरि १८ लाख नगद र ३ तीन लाख चेकमार्फत पैसाँ लिएको खुलेको हो ।

मोरङ प्रहरीका इनिस्पेक्टर ऋषिराज ढकालको नेतृत्व र १ नम्बर प्रदेश प्रहरी विराटनगरबाट खटिएको विशेष टोलीले अपहरणको नाटक गरि फिरौति रकम लिने महतो र अपहरणमा नाटकमा साथ दिने बुढीगंगा गाउँपालिका –३ बाँसवारीका २५ वर्षिय कृष्ण राजवंशीलाई पक्राउ गरेको गरेको छ । पक्राउ परेका कृष्ण मुकेशका साथी हुन् । कृष्ण विगत दुई वर्षदेखि मुकेशका बावु शिवनारयणले बुढीगंगामा गपामा संचालनमा ल्याएको ‘पूर्वाञ्चल कन्ट्रक्सन’ मा काम गर्दै आएका छन् ।

मुकेश शिवनारयणका एक मात्र छोरा हुन । मुकेशले बावुको व्यवसाय केशी वर्षदेखि समाल्दै आएका थिए । गत शुक्रबार मुकेशले अपहरणमा परेको नाटक गरेको प्रहरीले जनाएको छ । अपहरणमा परेको नाटक गरेको तीन दिनपछि सोमबार मुकेश र कृष्णलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । मुकेशलाई सुनसरीको भण्टाबारी र कृष्णलाई बुढीगंगाबाट पक्राउ गरेको डिएसपी राईले बताए ।

पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । ‘मुकेशले ५ लाख रूपैयाँ मिटर ब्याजमा लिएको सापटी बढेर ९६ लाख तिनुपर्ने भनिएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी राईले भने, ‘मिटर ब्याजमा लिएको सापटी रकम तिर्न आफ्नै बावुसँग अपहरणमा परेको नाटक गरि फिरौति लिएको खुलेको छ ।’ उनले अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की आएपछि बाबुसँगै रकम असुल्न अपहरणको नाटक गरेको खुलेको उनले बताए ।

मुकेशले एक बर्ष अगाडी मिटरब्याजमा पैसाँ लिएको बुझिएको छ । ‘त्यही रकम बुझाउन अपहरणको नाटकमा बावुको कन्ट्रक्सनमा काम गर्ने कृष्णलाई पनि प्रयोग गरिएको पाइयो,’ डिएसपी राईले भने । मुकेशले मिटर ब्याजमा को सँग पैसाँ लिएको प्रहरीले त्यो खुलाइको छैन । ‘हामी अनुसन्धानको क्रममा छौ,’ उनले भने, ‘त्यो पछि खुल्नेछ ।’

फिरौति रकम लिएपछि यसरी परे फन्दामा
गत शुक्रबार दिउँसो १० बजे घरबाट मुकेश हिडेका थिए । त्यसको एक घण्टापछि मुकेशको मोवाइल नम्बरबाट बावु शिवनारयणको मोवाइलमा छोरा अपहरणमा परेको हिन्दीमा म्यासेज आयो । ‘तपाइको छोरा अपहरणमा प¥यो । छोरालाई जिउँदै लैजान मन छ भने ३० लाख रूपैयाँ लिएर मैले भनेको स्थानमा पु¥याउनु’ भन्ने म्यासेज शिवनारायणको मोवाइलमा आएको थियो ।

‘बिहीबार र शुक्रबार लहानमा रहेको जानकारी दिदै मुकेशले ३० लाख बाट सुरू भएको फिरौति रकम २१ लाखमा आएर बावु शिवनारयण दिने तयार भएका रहेछन्,’ डिएसपी राईले भने, ‘१८ लाख नगद र ३ लाख रूपैयाँ चेक लिएर शिवनारायणले छोराले भनेको स्थान विराटनगरको एयरपोट मोडमा सोमबार लगेर राखिदिए । त्यहाँ फिरौति रकम लिन कृष्ण पुगेका थिए ।’ फिरौति रकम बुझेका दिन सोमबार प्रहरीले मुकेश र कृष्णलाई पक्राउ गरेको डिएसी राईले बताए । कृष्णले फिरौति रकम बुझेपछि १६ लाख ५३ हजार बैंकमा मुकेशको खातामा जम्मा गरिदिएका थिए ।

प्रहरीले १६ लाख ५३ हजार र ३ लाख रूपैयाँ बरामद गरेको छ । फिरौति रकम मध्ये मुकेशले आकाश यादवबाट लिएको १ लाख १० रूपैयाँ सापटी दिएका थिए । २५ हजार स्यार्सेकालिका आयल डिस्ट्रीब्यूर्टसलाई डिजेलको रकम दिएको र १० हजार रुपैयाँ मुकेशी प्रेमीकालाई दिएका थिए । कृष्णले २ हजार रुपैयाँ खर्च गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बुधबार अदालतमा म्यात थप गरि अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।