लण्डन। केन्ट , आसफोर्डस्थित विगत ४ बर्ष देखि बसोबास गर्दै आएका सुनसरी धरानका युगल लिम्बू मृत अवस्थामा भेटिएका  छन् ।

३३ बर्षिया लिम्बु गत  ७ मार्च , सनिवार दिउँसोबाट सम्पर्क विहिन भएका थिए । नेपालीहरुको निकै बाक्लो जनघनत्व रहेको आसफोर्ड सहरमा युगललाई खोजि  गर्न केन्ट प्रहरीले  नेपालीहरु समक्ष निवेदन समेत जारी गरेका थिए ।

सुरक्षा विभागमा कार्यरत लिम्बु सनिवार साझँ आफ्नो सुरक्षा कर्तव्य सकेलगतै आसफोर्ड बजारबाट आफ्नो घर तर्फ हिडदै गएको सिसिटिभी फूटेजमा देखिएका थिए । तिव्ररुपमा प्रहरी हेलिकप्टरद्वारा खोजिएको लिम्बुको शब ‘ भिक्टोरिया पार्क ‘ नजिकैको स्टावर नदिमा सोमबार मृत अवस्थामा भेटिएको छ । लिम्वुको शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएका छन् ।

भद्र र शालिन स्वभावका लिम्बुको निधन कसरी भयो भन्न नसकिए पनि ‘ स्टावर नदि ‘ नजिकै छुरा प्रहार गरी हत्या गरिएको आंशका गरिएको छ । वेलायती नेपाली समाज भित्र पछिल्लो समय विभिन्न किसिमका जघन्य अपराध घटिरहेको छ । गायक यमबुद्व, लण्डन थेम्स नदि, फोटो पत्रकार गुरुग लगायतको हत्याकाण्ड आख़िर  कस्ले गरिरहेको छ । वेलायती प्रहरी र नेपाली समाज भने अझै अन्योलमा परिरहेका छन् ।

राेशन मेवाहाङ