काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा आफ्नै श्रीमतीले श्रीमान्माथि तेजाव प्रहार गरेकीछन् ।
२४ वर्षीय रामराजा थापालाई श्रीमती प्रतिमाले तेजाव प्रहार गरेकी छन् । प्रमिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थापाको त्रिवि शिक्षिण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साेमबार राति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी रञ्जितसिंह राठौरल बताए । झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको अाशंका गरिएकाे छ । पतिपत्नीबीचमा घरायसी विवाद भइरहने गरेको छिमेकीहरूले बताएका छन् ।