मोरङ / बिराटनगर (१२ मलङवाका ७२ को परण रिसिदेवले उनकी ७० बर्षकी श्रीमति सगुत्री रिसिदेवलाई चिरपटले हानेर हत्या गरेका छन् ।
घरायसी बिवादको कारण टाउकोमा चिरपटले प्रहार गरी हत्या गरेका हुन । हिजो साँझ घरमै उनले श्रीमतीलाई आक्रमण गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न परणलाई हिजो राती नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।
विराटनगरमा चिरपटले हानी श्रीमतीको हत्या
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































