धरान  / इलाका प्रहरी कार्यालय धरानले ब्राउन सुगरसहित एक युवालाई पक्राउ गरेको छ ।
हिजो दिउसो धरान–१० धर्मपथबाट सोही स्थान निवासी २६ बर्षीय दीपेश सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।
संकास्पद रुमा हिडिरहेको बेला प्रहरीले चेकजाँच गर्दा प्लाष्टिकको पोको पारी खोजमिा बोकेको ४ ग्राम ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनको साथबाट २० हजार नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरि अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।