धरान / नवलपरासीको कोेल्हुवास्थित मादक पदार्थ सेवन गरी प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले गोली चलाउँदा एक जना सर्वसाधारण गम्भीर घाइते भएका छन् ।

गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी  दीपक रेग्मीले जनाएका छन् । 

गोली लागेर मध्यविन्दु-२ नन्दपुर निवासी ३४ बर्षीय प्रेम महतो गम्भीर घाइते भएका महताेकाे कोखा र गोडा मुनि गरी दुई राउण्ड गोली लागेको सई गंगाराम चौधरीले गोली चलाएको एसपी रेग्मीले जानकारी दिए । 

रेग्मीका अनुसार ना ४९ प ६५१३ नम्बरकाे माेटरसाइकलमा ३ जना चढेर आएको देखेपछि चेकजाँच गर्न खोज्दा नरोकी भाग्न खोजेका थिए । मोटरसाईकलले सइ कोईरीलाई लडाई दिएका थिए । प्रहरीमाथि ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको प्रहरीले दावी गरेकाे छ । 

उनीहरूको साथबाट एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको बाईक पनि बरामद गरेको छ । घाईतेको  पुरानो मेडिकल कलेज नवलपरनसीमा उपचार भईरहेको छ । प्रहरीले मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महतो, १९ बर्षीय सुरज महतोलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । घटना राति ११ बजे भएको बताईएको छ ।