इटहरी ।  स्कुल गएकी एक छात्रालाई फकाएर लान खोज्ने एक युवा एक मिहना पछि काठमाडौंबाट पक्राउ परेका छन् ।
इटहरी आँपगाछीकी ती छात्रालाई अपहरण गर्न खोजेको भन्दै अभिभाबकहरुले गत माघ २१ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरी पछि फरार रहेका इटहरी ५ का समिर बस्नेतलाई हिजो काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरि आज इटहरी ल्याइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
यस्तो थियो घट्ना
माघ २० गते स्कुलमा पुगेर ती छात्रालाई बुबाले लिन पठाएको हिड भनेका थिए । तर छात्रा जान नमाने पछि उनले कोही व्यक्तिलाई बाबा भनेर बोल्न लगाएका थिए । तर स्वर नचिने पछि ती छात्रा बस्नेतसँग गइनन्। सो विषयमा घरमा भने पछि भाेली पल्ट उनी विरुद्ध दुव्यहारको उजुरी प्रहरीमा परेको थियो ।

बस्नेत विरुद्ध प्रहरीमा चोरीको पनि मुद्धा रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको डिएसपी भण्डारीले जानकारी दिए ।