ताप्लेजुङ / कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङबाट २० वर्ष कैद घोषणा भई फरार रहेका प्रकाश तामाङलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. १ ढुङ्गेसाँघुका तामाङलाई शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको हो ।

फरार रहेका उनलाई दमक प्रहरीसँगको समन्वयमा बिहीबार दमकको गुम्बाचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए ।

उनले २०६६ साल पुस २ गते राति ढुङ्गेसाँघुकै २४ वर्षीय राजेन्द्र लिम्बूलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।