धरान / धरान–१८ स्थित बुद्धचोकमा चिण्डोको प्रतिमा निर्माण गर्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाउँदै धरानका आठ गुम्बा तथा विहारले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन–पत्र बुझाएका छन् ।
छुट्टै ऐतिहासिक तथा धार्मिक महŒव भएको बुद्धचोकमा किरात राई जातिको सांस्कृतिक महŒव को चिण्डो निर्माण गर्नका लागि खाडल खनिएको छ । यस्तो कार्यले नेपाली समाजबीचमा भएको धार्मिक सहिष्णुतामा खलल पार्ने र नेपालको संविधानले दिएको धार्मिक स्वतन्त्रताको हक र समानताको हकले निर्दिष्ट गरेका अधिकारलाई कुण्ठित पार्ने उनीहरूको बुझाइ छ ।

उनीहरूले बुद्धचोकमा चिण्डो निर्माण कार्य अविलम्ब रोकी शान्तिका अग्रदूत भगवान बुद्धको प्रतिमा स्थापनाको नेतृत्व गर्न मेयर राईसँग आग्रह गरेका छन् । आफ्ना मागलाई बेवास्ता गरे थप कार्यक्रम सार्वजनिक गरी अघि बढ्ने ज्ञापन–पत्रमा उल्लेख छ ।

IMG_20200306_140830