यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा खुकुरी प्रहारबाट अपाङ महिला गम्भिर घाइते भएकी छन । कुम्मायक १ खाल्डे निवासी ३० वर्षिय कृष्णकला चाम्लिङ खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी हुन । कुम्मायक ३ सिम्रा घरभई यासोक स्थीत खाल्डे ससुराली घरमा बस्दै आएका २१ वर्षिय साजन रम्तेलले खुकुरी प्रहार गरी उनलाई घाइते बनाएका हुन ।

खुकुरी प्रहार गर्ने रम्तेललाई इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी चाम्लिङको उपचारको लागि पाचँथर स्थीत समर्पित अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यासोक ससुराली घरमा बस्दै आएका रम्तेलले माधव पदार्थ सेवन गरी अपाङ अवस्थाकी कृष्णकला चाम्लिङलाई टाउकोमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरी भाग्न लागेका उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । टाउकोमा गहिरो चोटपछि बिहोस अवस्थाकी चाम्लिङलाई अचेत अवस्थामा उद्धार गरी उपचारमा पठाइएको छ । यस अघि पनि माधव पर्दाथ सेवान गरी रम्तेलले आतङकित बनाउँने गरेको स्थानीयले बताएका छन ।