ब्लाष्टखबर । भारत दिल्लीमा भएकाे हिंसा नियन्त्रण गर्न दिल्लीको पुलिस असर्मथ भएकाे भन्दै  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसात्मक क्षेत्रमा सेना तैनाथ गरीनु पर्ने बताएका छन् ।

बुधबार अरविन्द केजरीवालले एक ट्वीट गर्दै साे कुरा उल्लेख गरेका हुन् । उनले ट्वीटमा सबै प्रयासका बाबजुद दिल्ली पुलिस हिंसा नियन्त्रण गर्न असफल भएको बताउदै, यस्तो अवस्थामा हिंसाको क्षेत्रमा सेना खटाउनु पर्ने उल्लेख गरेका छन्। उनले उक्त ट्वीटमा हिंसात्मक क्षेत्रमा दिल्लीका सीएमले यस विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेख्ने पनि जनाएका छन् ।

केजरीवालले ट्वीटमा लेखेका छन् , 'म दिल्लीमा लगातार धेरै व्यक्तिहरूसँग सम्पर्कमा छु। चीजहरू अहिले तनावपूर्ण छन्। पुलिस उनीहरूको सबै प्रयासको बावजूद वातावरण नियन्त्रण गर्न सक्षम छैन। यस्तो अवस्थामा सेनालाई अहिले नै बोलाउनु पर्छ र प्रभावित क्षेत्रहरूमा कर्फ्यू लगाउनु पर्छ। यसबारे म केन्द्रीय गृहमन्त्रीलाई पत्र लेख्दै छु।

सोमबारदेखि नागरीकता सम्बन्धि नयाँ कनुनकाे विषयलाइ लिएर पक्ष र बिपक्ष बिच भएकाे झडपले उग्र रूप लिएसंगै दिल्ली हिंसामा एक प्रहरी  अहिलेसम्म २० व्यक्तिको मृत्यु भइसकेको भारतीय संञ्चारमाध्यमले जनाएकाे छ ।