पथरी / गुहे होलीमा बिद्युतको माध्यमबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना युवाको मुत्यु भएको छ । मोरङको पथरीशनिश्चरे–२, को २२ बर्षिय राजेश दियालीको माछा मोर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार अपरान्ह ४ बजे मृतर्क आफ्नै घर नजिक रहेको गुहे होलीमा घरमा जडान गरिएको विद्युतको तारबाट जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते दियालीलाई उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।