पाँचथर / जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडास्थित सिद्धदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।
सोही विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक मोहनप्रसाद दुलालले आफ्नो संवेदनशील अंगमा हात लगाएको आरोप लगाएकी हुन् । आरोपित प्रधानाध्यापक दुलालाई बिहीबार नै प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रधानाध्यापकबाटै छोरीमाथि यौन दुव्र्यवहार भएको भन्दै पीडित छात्राकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा दुलाललाई पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
बुधबार प्रधानाध्यापक दुलालले संवेदनशील अंगमा हातलगाएको भन्दै ती छात्रा रुँदै–रुँदै घर फर्केको बताइएको छ । यसअघि पनि पटक–पटक दुलालले छोरीमाथि दुव्र्यवहार गर्दै आएको छात्राकी आमाले आरोप लगाएकी छिन् ।