धरान / धरानस्थित वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको शव कर्मचारीले आफु खुशी अन्यत्र सारि शव नै पहिचान गर्न नसकिने अवस्थामा पुगे पछि प्रतिष्ठानमा तनाव भएको छ ।
धरान–१७ रत्न चोकका कुलबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भए पछि प्रतिष्ठानको मर्चरीमा राखिएको शव त्यहाँका कर्मचारीले विना जानकारी अन्यत्र सारिदिए पछि शव नचिने अवस्थामा पुगेको थियो । पैसा तिरेर राखिएको शव विना जानकारी सारिएको विषयमा आज विहानभरी वीपी प्रतिष्ठान परिसर तनावग्रस्थ बन्यो । फागुन ८ गते हिवान शव मर्चरीमा राखिएको थियो ।
बेलायतमा भएका आफन्तलाई पर्खन प्रतिष्ठानको मर्चरीमा शव राखिएको थियो । आज विहान सदगदका लागि शव लिन जादा शव बेवारिसे अवस्थामा भेटिए पछि मृतकका आफन्त मलामीजनहरु आक्रोसित भएका थिए । २ नं. च्याम्वरमा राखिएको शव त्यहाँ कार्यरत कर्मचारीले आफु खुशी अन्यत्र सारेका कारण शव पहिचान नै गर्न नसक्ने गरि सडिएको अवस्थामा पुगेको थियो ।
शव के कति कारणले सारिएको भन्ने विषयमा प्रतिष्ठान प्रशासनसँग जवाफ मागिए पनि प्रशासनको तर्फबाट जिम्मेवार व्यक्ति कोही उपस्थित नभए पछि मृतकका आफन्तहरुले मर्चरीको झयालको शिसा तोडफोड गरेका छन् ।
विहान सात बजे नै भेला भएका मृतकका आफन्तहरुले विना जानकारी शव सारिएको विषयमा प्रशासनले माफि माग्नु पर्ने र आफुखुशी शव अन्यत्र सार्नेलाई कारवाहीको माग गरेका थिए । तर अस्पताल प्रशासनबाट कोही उपस्थित नहुदा स्थानीय आक्रोसित भएका थिए । जन च्याम्बरमा राखिएको त्यसमा आफ्ना बाबालाई नभेटे पछि शव पहिचान गर्न नसकेको मृतककी छोरी अनिता लिम्बुले बताइन । यस्तो लापारवाही गर्ने कर्मचारीलाई कारवाही नगरेसम्म शव नलाने बताउदैं उनीहरु विहान १२ बजेसम्म विवाद भएको थियो ।
काठमाडौंमा उपचारका क्रममा निधन भएका स्थानीय कुलबहादुर लिम्बूको दुई दिन पछि दाहसंस्कारका लागि लाने भन्दै आफन्त भेला भएका थिए तर शव नचिनिने अवस्थामा देखेपछि कुन शव लाने भन्ने दोधारमा भएको छोरी गीता लिम्बूले बताइन् । ‘अस्पताल प्रकशासले गम्भीर लापारवाही गरेको छ । हामी यहीका स्थानीयलाई त यसो गर्छन भने वाहिरबाट आएका विमारीहरुलाई कति अपराध गरिरहका होलान । अव यस्तो लापारवाही रोकिने प्रूतिवद्धतासहित प्रकासनले माफि माग्नु पर्छ ।लिम्बुले भनिन ।
१२ बजे पछि फोरेन्सिक विभागका एसोसिएट प्राध्यापक डा. अभिशेष कर्ण आएका थिए । उनले पीडितलाई चित्त बुझ्दो जवाफ नदिएको भन्दैं आक्रोसित भीडले डा. अभिषेक माथि हातपात गरेका थिए । भीडलाई नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेको टोली पुगेको थियो । डिएसपी न्यौपाने, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, १८ नं. वडा अध्यक्ष प्रविण राईलगायतले गल्ती गर्ने कर्मचारीलाई कारवाहीका लागि प्रशासनसँग कुरा गर्ने प्रतिवद्धता जनाए पछि शव उठाइएको थियो ।